पोखरामा विदेशी नागरिकसहित २ जना लागू औषधसहित प्रकाउ

पाेखरा | असार ७, २०८०

पोखरामा विदेशी नागरिकसहित २ जना लागू औषधसहित प्रकाउ

पोखरा:   लागू औषध नियन्त्रण ब्यूरोले पोखराबाट विदेशी नागरिकसहित २ जनालाई लागू औषधसहित प्रकाउ गरेको छ । 


लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं तथा पोखराबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका ६लेकसाइडबाट मोरङ बिराटनगरपालिका १२ घर भएका २६वर्षीय राज गौतम र विदेशी नागरिक ३२ वर्षीय मार्टिना क्रिनालाई लागू औषधसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


लेकसाइडमा शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा मोरङ घर भएका गौतम र विदेशी नागरिक मार्टिनाको साथबाट प्रहरीले लागूऔषध एलसिडी २६ पिस, एम्फेटामाईन (आईस जस्तो देखिने) ४ सय मिलिग्राम र मोबाईल २ थानसहित प्रकाउ गरेको हो । 


प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट लागू औषध सम्बन्धि मुद्धामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्